निर्वस्त्र भएर प्रवचन दिने जैन मुनि तरुण सागरको निधन

 भदौ १६, २०७५ शनिबार ११:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । शनिबार बिहान साढे तीन बजे दिल्लीको शाहदरा, कृष्णानगरमा उनको निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । 

उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए । उनी दिल्लीको एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार औषधिको असर नदेखिएपछि उनले थप उपचार गर्न मानेका थिएनन् । 

उनको इच्छा अनुसार नै उनले खान पिन छोडेका थिए । तरुण सागरको मृत्युमा केन्द्रीय गृहमन्त्री रजनाथ सिंहले दुःख व्यक्त गरेका छन् । 

जैन मुनि तरुण सागरको जन्म १९६७ मा मध्य प्रदेशमा भएको थियो । उनको नाम पवनकुमार जैन थियो । २० वर्षको उमेरमा नै उनी तरुण सागर जैन मुनि बनेका थिए । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्यागेर छत्तिसगढमा शिक्षादीक्षा लिएका थिए ।

तरुण सागर कडा प्रवचनका कारण चर्चित थिए । शरीरमा कपडा विना नै उनले भारतका धेरै विधानसभामा पनि प्रवचन दिएका छन् । उनको ‘कडवे प्रवचन’ नामक उनको पुस्तक निकै प्रचलित छ । शनिबार दिउँसो तीन बजे दिल्लीको मेरठ हाइवेस्थित तरुणसागर तीर्थस्थलमा उनको अन्तिम संस्कार गरिने छ ।
 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया