बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर रकम असुल्ने ३ जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
सङ्खुवासभा - सङ्खुवासभाको मादी नगरपालिका-१ को खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो ।
तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन् । घटनास्थल सदरमुकामबाट झण्डै तीन घण्टाको दूरीमा पर्छ ।
घटनाबारे अनुसन्धान भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली केही समय अगाडि घटनास्थलमा पुगेकाे उहाँले बताउनु भयाे।
घटनाको खबर प्राप्त भएपछि डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा जिल्लाबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेकाे प्रजिअ पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।