राष्ट्रिय सभाको बैठक पनि ३० मिनेटसम्मका लागि स्थगित

 भदौ २३, २०७८ बुधबार १६:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध गरेपछि राष्ट्रिय सभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ । 

बैठक सुरु हुनासाथ राष्ट्रिय सभामा एमालेका सांसदहरूले उठेर बैठकमा अवराेध गरेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो । 

त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सूचनासमेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिनुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिका रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरू नरहेको धारणासमेत राख्नुभयो ।

सचेतक भट्टराईले बोलिसक्ने बित्तिकै एमाले सांसदहरूले उठेर संसद् बैठक चल्न दिएनन् । यता राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढ्नुपर्ने भन्दै एमाले सांसदहरूलाई बैठक सुरु गराउन सहयोग गरिदिन पटक–पटक आग्रह गर्नुभयो । तर एमाले सांसदहरूले नमानेपछि उहाँले बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गर्नुभयो । 

प्रतिनिधि सभामा पनि एमाले सांसदले यही विषयलाई लिएर नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएकाे छ । 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया