एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : अध्यक्ष नेपाल

 भदौ २३, २०७८ बुधबार १९:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानुनअनुसार नै नयाँ दल दर्ता गरेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानुनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाउनुभयो ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।’ 

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निष्कासन गरेका १४ जना सांसद आजको संसद् बैठकमा उपस्थित भएमा सदन चल्न नदिने चेतावनी दिनुभएको थियाे । साथै उहाँले यदि एमालेले कारबाही गरेका व्यक्ति सांसद पदमा रहिरहने हो भने माओवादीले कारबाही गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतका व्यक्तिलाई पनि हाजिर गराउनुपर्ने बताउनुभएकाे थियाे । 

नेकपा एकीकृत समाजवादी पार्टी राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ बमोजिम एमालेबाट विभाजन भइ यही भदौ ९ गते दर्ता भएको थियो ।

आजकाे प्रतिनिधि सभा बैठकमा अध्यादेश पेस भएकाे छ भने संसद् बैठक भदाै २५ गतेसम्मका लागि स्थगित भएकाे छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pradip Kumar sah

    Sept. 8, 2021, 8:27 p.m.

    करवाही पहिला भएछ कि नायाँ पार्टी दर्ता भए छ

  •  0 Reply

तपाईको प्रतिक्रिया