हमासले आज तीन इजरायली र पाँच थाईसहित आठ जना बन्दीलाई रिहा ...
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।
अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उपाध्यक्ष सुमारले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ । उहाँले एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएको पनि दोहोर्याउनुभएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसीको विषयमा राजनीतिक तवरमा छलफल भइरहेको बताउनुभएकाे उहाँको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अर्थमन्त्री शर्माले नेपालको हितमा हुनेगरी राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्न सकिने पनि बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Uddhab timalsina
Sept. 11, 2021, 5:37 p.m.एम सि सि पास भयो भने देशको लागि खतरा छ भनेर सर्वसाधारण नागरिकले पनि बुझिसकेको बेलामा कुनै नेताले नागरिकको भोट अवमुल्यन गर्छ भने त्यो राम्रो र सह्य हुने छैन /