कङ्गोमा खटिएका डब्लूएचओका सहायताकर्मीले याैन शोषण गरेको आरोप

 असोज १३, २०७८ बुधबार १२:३९:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इबोला महामारी नियन्त्रणको प्रयासमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खटिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का सहायताकर्मीले महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएको छ ।

कंगोमा महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गर्ने ८३ जना सहायताकर्मीमध्ये डब्लूएचओका कर्मचारी पनि रहेको एक अध्ययनले पुष्टि गरेको हो ।

सहायताकर्मीहरुमा लागेको आरोपमध्ये बलात्कारका ९ घटना पनि छन् । सन् २०१८ देखि २०२० सम्म भएका यी घटनामा संलग्न हुनेमा स्थानीय र अन्तर्राष्ट्रिय सहायताकर्मी रहेको प्रतिवेदनमा उल्लेख छ । ५० भन्दा बढी त्यहाँका महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि भएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

डब्लूएचओका महानिर्देशक डा. ट्रेडरोज अड्रोनोम गेब्रेसियसले दुर्व्यवहारको घटना अक्षम्य रहेको बताउनु भएको छ । 
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया