खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - प्रत्येक तीन/तीन वर्षमा आयोजना हुने ‘तोरन्ल गोल्डकप’ तारा (आर्चरी) खेल प्रतियोगितालाई निरन्तरता दिन ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
थकाली सेवा समितिले स्वदेश तथा विदेशमा रहेका थकाली समुदायबाट चन्दा सङ्कलन गरेर ‘तोरन्ल गोल्डकप अक्षयकोष’ स्थापना गरेको हो । समितिका महासचिव रविन भट्टचनले थकाली समुदायको पहिचानसँग जोडिएको तारो खेल संरक्षण गर्न अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।
कोषमा निर्माण व्यवसायी महासङ्घका तत्कालीन अध्यक्ष स्व.शरदकुमार गौचनका नाममा उहाँकी श्रीमती आशाले दश लाख रुपैयाँ सहयोग गर्नुभएको छ । 'दशौँ पटकसम्मको प्रतियोगिता चन्दा र सहयोग जुटाएर सञ्चालन गरेका थियौँ', भट्टचनले भन्नुभयो,'तोरन्ल गोल्डकपलाई निरन्तरता दिन अक्षयकोष बनाएका छाैँ ।'
कोषको ब्याज आउन थालेपछि प्रतियोगिताको पुरस्कार र व्यवस्थापन खर्च जुटाउन सहज हुने समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले बताउनुभयो । प्रतियोगिताका विजेतालाई सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र एक लाख रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएकाे छ।
दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश ५० हजार, २५ हजार र दश हजार रुपैयाँ पुरस्कार पाउने समितिले जनाएको छ । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।