कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – कतारमा व्यवस्थापिका सदस्य चयनका लागि पहिलो पटक मतदान भएको छ । लोकतन्त्रको अभ्यास गरिरहेको मुस्लिम देश कतारमा व्यवस्थापिकाका ४५ सिटमध्ये ३० सिटका लागि मतदान भएको समाचारसंस्था रोयटर्सले जनाएको छ । बाँकी १५ सिटमा भने राजाले नै मनोनीत गर्ने व्यवस्था छ ।
चुनावमा भाग लिएका दुई सय ८४ उम्मेदवारमध्ये २८ जना महिला रहेका छन् । कतारले मुस्लिम शासनमा पनि महिला अधिकारका कानुन कसरी कार्यान्वयन गर्ने भन्ने कुरा आफूहरुबाट सिक्न तालिबानलाई भनेको भए पनि चुनावमा महिलाको उम्मेदवारी भने निकै कम भएको हो । लोकतन्त्रको प्रक्रिया पूरा गरेर चुनाव भएको देखिए पनि अहिलेकै शासकबाट सत्ता र शक्ति बाहिर जाने सम्भावना भने निकै कम देखिएको रोयटर्सले जनाएको छ ।
मतदान केन्द्रमा कतारका नागरिकहरू उत्साहित रुपमा सहभागी भैरहेका खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।