कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – फेसबुककी एक पूर्वकर्मचारीले ती प्रविधि कम्पनीका वेबसाइट र एपले बालबालिकालाई हानि पुर्याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने बताएकी छिन् ।
फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले अमेरिकी विधायकहरूसँग यस्तो बताएकी हुन् । उनले कम्पनीका गोप्य कुराहरू बताएकी थिइन् ।
कम्पनीका वरिष्ठ कर्मचारीहरू मुनाफामा केन्द्रित भएको भन्दै हाउगनले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा समेत आलोचनात्मक बयान दिएकी थिइन् ।
अहिले फेसबुकलाई नियमन गर्नुपर्ने माग उठिरहेकाे छ । इन्स्टाग्रामकाे तर्फबाट गरिएकाे एक अध्ययनले यी एपले बालिकाकाे मानसिक स्वास्थ्यमा हानि पुर्याउन सक्ने बताएकाे छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने पूर्वकर्मचारी हाउगनको भनाइप्रति असहमति जनाउँदै त्यस्तो बयानले कम्पनीको झुटो तस्बिर चित्रित गरेको बताएका छन् ।
कर्मचारीलाई लेखिएको एक पत्रमा उनले ती दाबीको कुनै अर्थ नभएको बताएका छन् । फेसबुकलाई हानिकारक सामग्रीसँग लड्न, पारदर्शिता स्थापित गर्न एक अनुसन्धान कार्यक्रममा जोड दिनुपर्ने औल्याइएको थियो ।
मासिक झन्डै तीन अर्ब सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो । त्यस्तै करोडौँ प्रयोगकर्ता यही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य उत्पादन चलाउँदै आएका छन् ।
तर फेसबुकले प्रयोगकर्ताका गोपनीयताको संरक्षण गर्न, गलत सूचना रोक्न चाहिँदो काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।