कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डौ – पाकिस्तानको बालोचिस्तान प्रान्तमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको छ । बिहीबार बिहान गएको भूकम्पमा कम्तीमा २० जनाको ज्यान गएको र दुई सय बढी घाइते भएका त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक नासिर नसिरको भनाइलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
यस्तै अमेरिकी भूगर्भ सर्वेक्षणले बालाेचिस्तान प्रान्तकाे क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्रमा भूकम्पको इपिसेन्टर रहेको र इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको जनाएको छ । भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन् भने सयौँ बढी नागरिक घरबारविहीन भएका छन् । यस्तै ज्यान गुमाउनेमा महिला र बालबालिका बढी छन् ।
क्वेटा क्षेत्रमै १९३५ मा ७ दशमलव ७ म्याग्नेच्युडको भूकम्प जाँदा ३० देखि ६० हजारबाे बीचमा मानिसले ज्यान गुमाएका थिए । त्यसलाई इतिहासमै दक्षिण एसियामा गएकाे सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।