कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपकाे बीच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय चित्रणलाई लिएर सम्मानित गरिएको हो ।
अब्दुलरजक गुरनाहको जन्म सन् १९४८ मा भएको थियो र जान्जिबिरको द्वीपमा हुर्किएका थिए । उनी सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्यान्ड पुगेका थिए ।
गुरनाहको चौथो उपन्यास प्याराडाइज (१९९४) ले उनलाई लेखकको रूपमा पहिचान दिएको थियो । उनका १० उपन्यासका साथै लघु कथाहरू पनि प्रकाशित भएका छन् । उपाधिसँगै तान्जानियाका उपन्यासकारले १० मिलियन स्विडिश क्रोना पाउने छन् ।
गएको वर्ष यो विधाको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।