ताइवानलाई पुनः एकीकरण गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ

 असोज २३, २०७८ शनिबार १७:१:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा एकीकरण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

विभाजनलाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको भन्दै उहाँले एकीकरणमा जोड दिनुभएको छ । राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको खबरमा उल्लेख छ ।

ताइवानले आफूलाई एक सार्वभौम देशका रूपमा मान्छ भने चीनले ताइवानलाई एक अलग प्रान्तका रूपमा हेर्छ । पछिल्लो एक हप्तामा ताइवानी आकाशमा एक सय ५० भन्दा धेरै चिनियाँ सैनिक विमानको उडानपछि राष्ट्रपति सीको यस्तो भनाइ बाहिर आएको हो । चिनियाँ राष्ट्रपति सीले ताइवानसँग एक देश - दुई प्रणाली अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताउनुभएको छ । ताइवानले भने चीनलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम रोक्न आग्रह गरेको छ । चीन र ताइवान सन् १९४० को दशकमा गृहयुद्धका क्रममा विभाजित भएका थिए । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया