सल्यानमा दुई जना बालिका मृत भेटिए, आफूले हत्या गरेको आमाको ...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – युराेपेली सङ्घले अफगानिस्तानलाई एक बिलियन युराे सहयाेग गर्ने घाेषणा गरेकाे छ । याे सहयाेग रकम तालिबानकाे अन्तरिम सरकारकाे सट्टा त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहयाेगी एजेन्सीकाे माध्यमबाट अफगान नागरिकलाई दिइनेछ ।
सङ्घकी प्रमुख उर्सुला वान डेर लेयनले याे सहयाेग मानवीय र सामाजिक आर्थिक ढाँचा बर्बाद हुनबाट राेक्नका लागि भएकाे बताउनुभयाे ।
सङ्घकी प्रमुख वान डेर लेयनले इटलीमा भइरहेकाे जी–२० सम्मेलनका क्रममा आज मङ्गलवार यसकाे जानकारी दिनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘मानव अधिकारकाे सुरक्षासहित अफगानिस्तानकाे सहयाेग गर्ने हाम्राे सर्त स्पष्ट छ । तर तालिबानकाे कदमकाे मूल्य अफगान नागरिकले चुकाउनु पर्दैन । याे सहयाेग अफगान नागरिकका लागि हाे ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।