जय ट्रफी एलिट कप : पुलिस अग्रता बढाउँदै, बाग्मती १ सय ५२ रनल...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – रुसमा कोरोना भाइरसका कारण एकैदिन एक हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि रुसमा एकैदिन एक हजार जनाको ज्यान गएको यो पहिलोपटक हो ।
हिजो रुसमा एक हजार दुई जनाको ज्यान गएको र ३३ हजार दुई सय ८ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ । पछिल्लो आँकडाले रुसकाे स्वास्थ्य प्रणाली थप बिग्रिएको पुष्टि हुँदै गएको खबरमा उल्लेख छ । रुसमा अहिले कोरोनाविरुद्धको खोप कार्यक्रम ठप्प जस्तै छ भने प्रतिबन्ध पनि खुकुलो पारिएको छ । रुसमा जम्मा ३१ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
सरकारी अधिकारीहरुले भने महामारी बढ्नुमा सर्वसाधारण नै दोषी रहेको आरोप लगाएका छन् । खोप नलगाउने र सरकारले लागु गरेका मापदण्डको अटेरी गर्दा अवस्था फेरि खराब बन्न लागेको सरकारी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । रुसमा कोरोनाविरुद्धको खोप पर्याप्त भण्डारणमा रहेपनि आधा भन्दा धेरै जनसंख्या खोप लगाउन अनिच्छुक देखिएको छ । रुसमा अहिलेसम्म दुई लाख २२ हजार तीन सय जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।