जय ट्रफी एलिट कप : पुलिस अग्रता बढाउँदै, बाग्मती १ सय ५२ रनल...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ ।
विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् ।
त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकालाई पनि काम गर्न अनुमति दिइएको गृह प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सरकारले कठोर शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै शासन व्यवस्था लागू हुने हो कि भन्ने धेरैको आशङ्का छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।