बङ्ग्लादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा सात जनाको ज्यान गयो

 कात्तिक ६, २०७८ शनिबार १०:३६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बङ्ग्लादेशमा रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

बालुखली रोहिङ्ग्या शिविरको पाठशालामा आक्रमणकारीले केहीलाई गोली र केहीलाई चक्कु प्रहार गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ । चार जनाको घटनास्थलमै र अरु तीन जनाको उपचारका क्रममा ज्यान गएको खबरमा उल्लेख छ । घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मानव अधिकारवादी समूहले घटनाको पूर्ण छानबिन गर्न माग गरेका छन् । तीन हप्ता पहिले रोहिङ्ग्या समुदायका एक नेताको उनकै कार्यालय अगाडि गोली हानी हत्या भएको थियो । त्यसयता म्यानमारबाट आएका ९ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीको बसोबास रहेको बङ्ग्लादेशी शिविर तनावपूर्ण अवस्थामा छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया