उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - उज्बेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । वर्तमान राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पनि दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
वर्तमान राष्ट्रपति मिर्जियोयेभले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिनु भएको हो । उहाँलाई चुनौती दिँदै नेशनल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपुल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टिस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिनु भएको छ ।
प्रारम्भिक मत सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति मिर्जियोयेभले नै फेरि कार्यकाल दोहोर्याउने सम्भावना रहेको देखाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चुनावका लागि एक करोड ९० लाख मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनको सुपरिवेक्षण गर्न ९ सय ७० भन्दा धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु उज्बेकिस्तान पुगिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।