ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले हिरासतमा लिएको छ । प्रधानमन्त्री अब्दुल्लाहलाई हिरासतमा लिएर उहाँलाई, उहाँकै घरभित्र नजरबन्दमा राखिएको छ । तर, यसबारे आधिकारिक पुष्टि भने भइनसकेको अल जजिराले जनाएको छ ।
प्रधानमन्त्रीसँगै केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिएको खबरमा उल्लेख छ । उद्योगमन्त्री इब्राहिम अल शेख, सूचनामन्त्री हमजा बलौलालगायत पक्राउ परेका छन् । यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार फैसल मोहम्मद सालेह पनि पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुडानमा राजनीतिक सङ्कट गहिरिएपछि यसअघि सयौँ नागरिकले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आग्रह गरेका थिए । सुडानमा गएको सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाव चर्किएको छ ।
सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।