एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना हराइरहेका छन् ।
बैतडीको शिवनाथ–१ खाँडघाटको नदी किनारमा हिजो बेलुका डुङ्गा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको ज्यान गएको हो । उनका भाइ आठ वर्षका सन्दीप बेपत्ता छन् ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार मीनाका आमाबुवासहित आठ जना सकुशल छन् ।
डुङ्गामा चालकसहित १० जना थिए । लामो समयदेखि भारतमा बस्दै आएको मीनाका परिवार दशैँ मनाउन गाउँ आएको थियो । दशैँ मानेर हिजो भारत फर्किने क्रममा डुङ्गा दुर्घटना भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।
बैतडीको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बासिन्दा भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्ने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।