पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको  ज्यान गयो

 कात्तिक ११, २०७८ बिहीबार ११:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको  ज्यान गएको छ । २ सय ६३ जना घाइते भएका छन् ।

प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीका एक नेतालाई सुरक्षाकर्मीले हिरासतमा लिएपछि त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा चार जना सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आफ्ना नेता साद रिजबीलाई सुरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा यो पार्टीले केही दिनदेखि लगातार विरोध प्रदर्शन गर्दै आएको छ । सुरक्षाकर्मीले रिजबीलाई गएको अप्रिलमा पक्राउ गरेको थियो । पैगम्ब मुहम्मदको कार्टुन फ्रान्सको एक अखबारमा छापिएसँगै रिजबीलाई पक्राउ गरिएको थियो ।

यसअघि रिजबीका प्रवक्ता साजिद सेफीले साधुकेमा भएको र्यालीमा प्रहरीले गोली चलाउँदा आफू समर्थक केही कार्यकर्ताको ज्यान गएको बताउनुभएको थियो।  

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया