उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि १० विदेशी कम्पनी छनोट गरेको छ । यसअघि सन् २०२१ को जुलाई २२ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनी छनोटमा परेको राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ ।
राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एन्ड मेटेनिङ कर्पोरेशन, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड बेलायत, गिसेक्ट प्लस डिभ्रेन्ट करेन्सी टेक्नोलोजी जर्मनी, ज्वाइन्ट स्टक कम्पनी गोजांक रुस छनाेटमा परेका छन् ।
यस्तै कोरियन मेन्टेनिङ सेक्युरिटी प्रिन्टिङ एन्ड आईडी कार्ड अपरेटिङ कर्प कोरिया, ओवरथर फिडम्युकेयर एसएएस फ्रान्स, ओरेल फुसी सेक्युरिटी प्रिन्टिङ स्विजरल्यान्ड र सेक्युरिटी प्रिन्टिङ एन्ड मेन्टेनिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड छनोटमा परेका राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।