सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

 कात्तिक १२, २०७८ शुक्रबार १७:३८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि संसद्का दुवै सदनको अन्त्य भएको घोषणा गर्नुभएको हो ।

आज शुक्रवार सङ्घीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गरी कात्तिक २९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अन्त्य भएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शीतल

    Oct. 29, 2021, 6:18 p.m.

    फेरि अर्को कुन खेल्ने तयारी हुदैछ कुन्नी

  •  0 Reply

तपाईको प्रतिक्रिया