एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या एक हजार नाै सय ९९ पुर्याउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या बढाएर एक हजार नाै सय ९९ पुर्यउयाने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्यहरूले प्रतिनिधि सङ्ख्या बढाउने प्रस्ताव गरेपछि झन्डै चार सय प्रतिनिधि थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले आउँदाे कात्तिक २७ गते देशभर एकै साथ प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यक्रम पनि तय गरेको छ ।
त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा दुई सदस्य थप गरेर २३ पुर्याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो ।
बैठकले पार्टीको अर्काे केन्द्रीय कमिटीको बैठक आउँदाे मङ्सिर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।
बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । उहाँले बाँकी रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरूलाई सचेत गराउनुभएको पार्टीका प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।