एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - प्रदेश-१ मा मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आचार्यले गएको ५ गते प्रदेश सभामा पेस गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल गरी मत विभाजन हुँदैछ । सभामुख प्रदीप भण्डारीले आज दिउँसोको लागि प्रदेश सभाको बैठक डाक्नुभएको छ ।
आज मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र वाग्मतीपछि प्रदेश-१ मा सरकार गुमाउने निश्चित छ । गएको ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएपछि सदन स्थगित भएको थियो ।
हिजो बसेको विपक्षी ५ दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् । प्रदेश-१ मा कुल ९२ सांसद छन्। विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसँग ४१ र विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।