एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोक्नु भएको हो ।
उहाँले आज पनि आफ्ना लागि इजलास गठन गर्नु भएको छैन । हिजो पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइका लागि पेशी तोकिएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । उनीहरुको आग्रहअनुसार नै प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरणका निवेदनमा मात्रै पेशी तोक्नु भएको हो । जबराले हिजो सम्मानजनक बहिर्गमन बारे सर्वोच्चका तीन न्यायाधीशसँग कुराकानी गर्नु भएको थियो ।
न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मासँग सम्मानजनक बहिर्गमनको बाटो बारे छलफल भए पनि त्यो बाटो के हो भन्ने विषय सार्वजनिक गरिएको छैन । यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसिएशनले सर्वाेच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम दिन बार एशोसिएशनले विरोध प्रदर्शन गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।