बाबुरामलाई ओलीकाे प्रश्न : छाेरीलाई बेलायतमा पढाउने आम्दानीकाे स्राेत के थियाे ?

 कात्तिक २१, २०७८ आइतबार १८:६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनयुद्ध कालमा आफ्नो छोराछोरीलाई कसरी बेलायतमा पढाउन सक्नुभयो भनेर प्रश्न गर्नुभएकाे छ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रश्न गर्नुभएकाे हाे । 

आफूहरूले पासपोर्ट बनाउन नसक्ने बेला कसरी पासपाेर्ट बनाएर भट्टराईले आफ्ना छोराछोरीलाई बेलायत पढ्न पठाए हाेला ? बेलायतमा पढाउने आम्दानीको स्रोत के थियो ? अध्यक्ष ओलीको जिज्ञासा थियो ।

उहाँले भन्नुभयो, ‘बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासपाेर्ट पाउन, सबै चिज पाउन । कसैको पासपाेर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताइ दिनुस् त ? तपाईँका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम दुई/चार, पाँच लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ?’

अध्यक्ष ओलीले आफूले सांसद भएपछि मात्रै भिसा पाएको उल्लेख गर्दै बाबुराम भट्टराईहरूले कसरी भिसा पाउने गरेको भन्दै आश्चर्य प्रकट गर्नुभयो । उहाँले गीत, कला, साहित्य सबैको माध्यमबाट आफ्ना पार्टीमाथि गरिएका गलत प्रचारको खण्डन गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जय बाली साम्पङ

    Nov. 7, 2021, 7:27 p.m.

    केपीले कहिले सत्य तथ्यमा आधारित कुरा गर्न भन्न जानेको छ र? संधै राजनैतिक फण्डा मचाउन जे मनमा आयो त्यही बोलेर लोक हसाउने त हो।

  •  1 Reply

तपाईको प्रतिक्रिया