एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफूमाथि लगाएकाे आराेप प्रमाणित गरेर देखाउन चुनाैती दिनुभएकाे छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनयुद्धका बेला नेता भट्टराईले छाेरीलाई कसरी बेलायत पढ्न पठाए हाेलान् भनेर प्रश्न उठाउनुभएकाे थियाे । त्यही प्रश्नकाे जवाफ दिँदै भट्टराईले ओलीलाई तथ्यहीन उडन्ते कुरा नगर्न सुझाव दिँदै आफूमाथि लगाइएकाे आराेप प्रमाणित गर्न चुनाैती दिनुभएकाे हाे ।
नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !
के भन्नुभएकाे थियाे ओलीले ?
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रश्न गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिकता पाउन, पासपाेर्ट पाउन, सबै चिज पाउन । कसैको पासपाेर्टबाट जानुभएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताइ दिनुस् त ? तपाईँका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम दुई/चार, पाँच लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।