एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउमा आज सोमवार काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरिएको छ ।
अखण्ड नेपाल हिन्दू अधिराज्य पुनर्स्थापना र्याली तथा विरोध सभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरूको विरोधमा प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले भन्दा पहिलो त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क गर्नुभयो । उहाँले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरूलाई प्रश्नसमेत गर्नुभयो ।
वरिष्ठ अधिवक्ता न्यौपानेले भन्नुभयो, ‘एक छिनलाई मानौँ– चोलेन्द्रशम्शेरले सत्तामा भाग खोजे । सत्तामा भाग दिने मान्छे को ? शेरबहादुर देउवा । पहिले राजीनामा शेरबहादुर देउवाको मागौँ । हाम्रा कानुन व्यवसायीहरूले शेरबहादुर देउवाको राजीनामा किन माग्दैनन् ?’
वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपेली युनियनका मान्छेहरूलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दाबीसमेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।