गठबन्धनले बनायाे ११ सदस्यीय समन्वय समिति, पहिलाे २ महिनाकाे संयाेजक रामचन्द्र पाैडेल

 कात्तिक २२, २०७८ सोमबार २०:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ । 

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज सोमवार दिउँसाे बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट दुई जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।

सबै राजनीतिक दलहरूले दुई/दुई महिना संयोजन गर्ने समन्वय समितिमा कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहनुभएको छ ।

नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी दुई/दुई जना सदस्य रहेको र मन्त्रीहरूको तर्फबाट आफूसमेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता कार्कीले जानकारी दिनुभयो । 

उहाँले याे समितिको पहिलो दुई महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत बताउनुभयो । 

प्रधानमन्त्री देउवा अनिवार्य रूपमा उपस्थिति हुने याे समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नागरिककाे अपेक्षाअनुसार सरकारलाई काम गराउन सहयोग गर्नुरहेको पनि मन्त्री कार्कीले बताउनुभयो । आसन्न उपचुनाव र राष्ट्रिय सभा चुनावकाे संयुक्त रूपमा तयारी गर्ने निर्णय पनि सत्तारुढ गठबन्धनले गरेको छ ।  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया