बेलारुसले पठाएका आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगायाे, सयौँ जना जङ्गलमै अलपत्र

 कात्तिक २३, २०७८ मंगलबार ७:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - पोल्यान्डले बेलारुसको पूर्वी सीमाबाट आफ्नो देश प्रवेश गर्न खोज्ने सयौँ आप्रवासीलाई प्रवेश दिन अस्वीकार गरेको छ ।

भिडियो फुटेजमा महिला र बालबालिकासहितका सयौँ आप्रवासीले काँडेतार भत्काउँदै पोल्यान्ड प्रवेशको प्रयास गरिरहेको देखिएको छ । तर पोल्यान्डले भने उनीहरुलाई रोक्न थप १२ हजार सुरक्षाकर्मी सीमा क्षेत्रमा तैनाथ गरेको बीबीसीले जनाएको छ ।

आप्रवासीमध्ये धेरैजसो मध्यपूर्व र एसियाका रहेका खबरमा उल्लेख छ ।पोल्यान्ड, लिथुवानिया र लात्भियाले केही महिनादेखि बेलारुसबाट आप्रवासीहरु आफ्नो देश प्रवेश गर्ने प्रयास गरिरहेको भन्दै बेलारुसविरुद्ध खेद प्रकट गरेका छन् ।

युरोपेली सङ्घले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नै आप्रवासीलाई अन्य देशमा पठाउन भूमिका खेलेको आरोप लगाएको छ ।पोल्यान्डले प्रवेश नदिने र बेलारुसले फर्कन नदिएको कारण शून्य डिग्रीको चिसोमा धेरै आप्रवासी जङ्गलमै बस्न बाध्य भएको र केहीको कठ्याङ्ग्रिएर तथा भोकले ज्यान गएको बीबीसीले जनाएको छ ।

बेलारुस र पोल्यान्डले आप्रवासीमाथि गरिरहेको दमनको मानव अधिकारवादीले आलोचना गर्दै मानवीयताको रक्षा गर्न अपिल गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया