काठमाण्डौ महानगरले थप पाँच विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने

 कात्तिक २३, २०७८ मंगलबार ८:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने भएको छ ।

गएको आर्थिक वर्षदेखि दुई वटा विद्यालयमा कक्षा नौदेखि १२ सम्म प्राविधिक धारको कक्षा सञ्चालन गरेको महानगरले थप पाँच वटा विद्यालयमा कार्यक्रम विस्तार गर्न आवेदन आह्वान गरेको छ ।

विद्यालयमा हुने प्राविधिक धारतर्फका कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञान विषयका कक्षाको लागि महानगरपालिकाले नै खर्च बेहोर्नेछ । प्राविधिक धारका कक्षा सञ्चालन गर्न इच्छुक विद्यालयले मंसिर २० गतेसम्म आवेदन दिन सक्नेछन्।

यसको लागि ५० जना विद्यार्थी अट्न सक्ने कक्षाकोठा भएको, प्रयोगात्मक अभ्यासको लागि आवश्यक पर्ने विषयगत प्रयोगशालाको व्यवस्था गर्न सक्ने क्षमता भएको, स्नातकोत्तर शैक्षिक योग्यता भएकाे विज्ञान, गणित र अङ्ग्रेजी विषयका एक/एक जना शिक्षक भएको, प्रयोगात्मक अभ्यासका लागि खुला ठाउँ भएकाे र विद्यार्थीको सङ्ख्या अनुसार खाना/खानाको प्रबन्ध गर्न सक्ने क्यान्टिन भएका विद्यालयले आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया