बीमासम्बन्धी ठगीमा संलग्न देखिए कारबाही गर्छौँ : समिति

 कात्तिक २३, २०७८ मंगलबार १२:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बीमा व्यवसायमा जालसाजीपूर्ण कागजातका आधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बीमा समितिले निर्देशन दिएको छ ।

समितिले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बीमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो ।

समितिमा बीमा व्यवसायसँग सम्बद्ध  विभिन्न व्यक्ति, समूह तथा संस्थामार्फत बीमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात पेस गरी ठगी गर्ने गरेको, कीर्ते कागजात एवं विवरणका आधारमा बीमा लेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाका कीर्ते कागजात पेस गरी दाबी भुक्तानीको प्रयास गरेको गुनासा आउन थालेकाले यस्ता क्रियाकलाप नगर्न निर्देशन दिइएको बताइएको छ ।

यस्ता कानुन विपरीतका क्रियाकलापबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बिमित तथा लाभग्राहीसमेत पीडित भइ बीमाप्रति जनविश्वास घट्नुका साथै यसको साखमा समेत ह्रास आउने भएकाले यस्ता गलत क्रियाकलापमा संलग्न नहुन र संलग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया