डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर पाँच सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१६ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १८ प्रतिशत अर्थात् पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १५ हजार तीन सय ७२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा चार सय ८४ जना निको भएका छन् । योसहित अहिलेसम्म सङ्क्रमणबाट निकाे हुनेको सङ्ख्या सात लाख ९६ हजार तीन सय ६ पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५४ पुगेको छ ।
यस्तै २४ घण्टामा ४३ हजार तीन सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७४ लाख ६८ हजार नौ सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ४७ हजार सात सय १२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।