प्रचण्डलाई विश्व पाैडेलकाे जवाफ - शेयर बजार सम्पत्ति सुरक्षित राख्ने वैकल्पिक माध्यम हो, साम्राज्यवादको साधन होइन

 मंसिर २७, २०७८ सोमबार ८:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेलले शेयर बजारलाई साम्राज्यवादको साधन भन्नु गलत भएको बताउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई जवाफ दिँदै उहाँले शेयर बजार सम्पत्ति सुरक्षित राख्ने वैकल्पिक माध्यम भएको बताउनुभएको हो । प्रचण्डले धितोपत्र र शेयर बजारप्रति आक्रोश पोख्दै यो ‘साम्राज्यवादकै विस्तारित रुप’ हो भन्नुभएको थियो ।

यसै सन्दर्भमा योजना आयोगका उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत शेयर बजारबारे आफ्नो धारणा राख्नुभएको हो । उहाँले विभिन्न कारणले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम भएकाले यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया