काठमाण्डौ बाहिरका जिल्लाबाट पनि ई–पासपोर्ट वितरणको तयारी, भोलिदेखि एमआरपी वितरण बन्द हुने

 मंसिर २७, २०७८ सोमबार १०:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट वितरण सुरु भएको छ ।

काठमाण्डौ उपत्यका बाहिरका जिल्लाबाट पनि छिटै वितरण सुरु हुने राहदानी विभागले जनाएको छ । विभागका महानिर्देशक डोरनाथ अर्यालले पूर्व–पश्चिम राजमार्गसँग जोडिएका जिल्लाबाट केही दिनभित्रै ई–पासपोर्ट वितरण सुरु हुने जानकारी दिनुभयो । त्यसपछि क्रमशः सबै जिल्लाबाट ई–पासपोर्ट वितरण सुरु हुने उहाँको भनाइ छ ।

विभागले मंसिर १ गतेदेखि काठमाण्डौबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी र ई–पासपोर्ट दुवै वितरण हुँदै आएकोमा भोलिदेखि एमआरपी वितरण बन्द हुने भएको छ । अब ई–पासपोर्टको मात्रै काम हुने हुँदा अहिलेसम्म देखिएका झण्झट अन्त्य हुने महानिर्देशक अर्यालको भनाइ छ ।

ई–पासपोर्टको लागि आवेदन दिँदा अनलाइन प्रणालीमा समस्या हुने लगायतका झण्झट देखिएको सेवाग्राहीको गुनासो छ । अब यस्तो गुनासोको अन्त्य हुने र सजिलै ई–पासपोर्ट लिन सकिने अर्यालले दाबी गर्नुभयो । ई–पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ । हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो ।

चिप्स र विद्युतीय बारकोडसहितको ई–पासपोर्टलाई सुरक्षित र भरपर्दो मानिन्छ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

7 Comments

  • Nirmaya Tamang Lama

    Dec. 15, 2021, 2:08 p.m.

    मलाई पनि इ पासपोर्ट चाहियो /

  •  0 Reply
  • Gobind sahani

    Dec. 14, 2021, 6:49 p.m.

    E-passport

  •  0 Reply
  • Nima sangmu yonjan

    Dec. 14, 2021, 8:06 a.m.

    इ पासपोर्ट बनाउन जिल्लावाट सिफारिस ल्याउनुपर्छ कि पर्दैन , कृपया भनिदिनुस /

  •  1 Reply
  • Arjun Bhattarai

    Dec. 14, 2021, 7:08 a.m.

    इटहरी बासिले कैले बाट जिल्ला बाट लिन मिल्छ ई pasaport .

  •  0 Reply
  • Somlal pakhrin

    Dec. 13, 2021, 11:33 p.m.

    हाल म दुबईमा छु / इ पासपोर्टको फाराम कहिलेदेखि शुरु हुन्छ दुबईमा ? अनि के के पेपर चाहिन्छ ?

  •  0 Reply
  • Bir bdr ghale

    Dec. 13, 2021, 8:48 p.m.

    मेरो एम आर पी छ, अहिलेको लागि काम लाग्छ कि लाग्दैन , भनिदिनुपर्यो /

  •  0 Reply
  • BHAGYA MAN THING

    Dec. 13, 2021, 3:23 p.m.

    मलाई पनि इ पासपोर्ट चाहियो /

  •  0 Reply

तपाईको प्रतिक्रिया