अस्ट्रेलियाले भाेलिदेखि विद्यार्थी र अस्थायी बसोबास अनुमति पाएका विदेशी नागरिकलाई प्रवेश दिने

 मंसिर २८, २०७८ मंगलबार १७:१४:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाले भोलि बुधवारदेखि विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि सीमा खुला गर्ने भएको छ । 

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । यसअघि अस्ट्रेलियाले विद्यार्थी र अस्थायी बसोबास भिसा रहेका विदेशी नागरिकहरूलाई डिसेम्बर १ अर्थात् दुई हप्ताअघि नै सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि भोलिसम्मका लागि बन्द गरेको थियो ।

प्रधानमन्त्री मरिसनले भोलिदेखि भने अन्तर्राष्ट्रिय सीमा खोल्ने बताउनुभएको हो । भोलिदेखि विदेशी विद्यार्थीका साथै अस्थायी बसोवास भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरूका अभिभावक र दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।

अस्ट्रेलियाको केन्द्रीय सरकारले झन्डै २० महिनादेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । न्यु साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल क्षेत्रमा तीन दिन तथा अरू राज्यमा १४ दिन क्वरेण्टीन अनिवार्य छ । पूर्ण मात्रा खोप र तीन दिनभित्रको कोरोना नेगेटिभ रिपोर्ट सबै राज्यमा अनिवार्य रहेको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया