सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – कांग्रेस सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको चुनावमा पराजित भए पनि शेखर कोइरालाले मत भने बढी पाउनु भएको छ ।
उहाँले पहिलो चरणमा भन्दा दोस्रो चरणमा एक सय ५३ मत बढी ल्याउनु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गर्नु भयो भने कोइरालाले १ हजार ८ सय ५५ मत ल्याउनुभयो । जम्मा खसेको ४ हजार ६ सय २३ मत मध्ये ३५ मत बदर भएको थियो ।
पहिलो चरणमा सोमबार भएको चुनावमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नु भएको थियो । पहिलो चरणमा शेखर कोइरालाले १ हजार ७ सय २ मत पाउनु भएको थियो । पहिलो चरणमा ४ हजार ७ सय ५३ प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । दोस्रो चरणमा पहिलो चरणमा भन्दा ५६ मत कम खसेको थियो ।
पहिलो र दोस्रो चरणको मत तुलना गर्दा कम मत खस्दा पनि परिणाम हासिल नगरे पनि कोइरालाको मत बढेको छ । पहिलो चरणमा भन्दा १ सय ५३ मत कोइरालाको बढेको छ । पहिलो चरणमा प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ५० र कल्याण गुरुङले २२ मत पाउनु भएको थियो । दोस्रो चरणको चुनावमा सिंह, निधी र गुरुङले देउवालाई समर्थन गर्दा देउवाको सहज जित भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।