उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – अफ्रिकामा कोरोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढेको छ । पछिल्लो एक हप्तामा कोरोनाको संक्रमणदर ८३ प्रतिशतले बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि ७० प्रतिशतले बढेको बीबीसीले जनाएको छ । तर मृत्युदरमा भने विगतको तुलनामा अस्वभाविक कमि देखिएको खबरमा उल्लेख छ ।
अस्पतालमा भर्ना भएकाहरुमध्ये जटिल समस्याका बिरामीको संख्या पनि विगत लहरको तुलनामा कम रहेको छ । सात प्रतिशत संक्रमित आईसीयूमा रहेको र १४ प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको खबरमा उल्लेख छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा संक्रमणदर उच्च रहे पनि सावधानीपूर्वक आशावादी रहने अवस्था देखिएको बताएको छ । डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मात्शिदिसो मोइतीले अघिल्लो लहरको तुलनामा सिकिस्त बिरामी पर्ने र ज्यान गुमाउनेहरुको संख्या निकै कम रहेकाले आत्तिन नपर्ने तर सावधान रहनुपर्ने बताउनुभएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।