पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – युरोपेली देश माल्टाले व्यक्तिगत प्रयोगको लागि गाँजालाई वैधानिकता दिने कानुन पास गरेको । यसै हप्तादेखि लागु हुनेगरी नयाँ कानुन संसदबाट पास भएपछि माल्टामा गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता मिलेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।
संसदबाट पारित भएको कानुनलाई राष्ट्रपतिले प्रमाणित गरेपछि यसै हप्ताबाट लागु हुने माल्टाका मन्त्री ओवेन बोनिचीले बताएको खबरमा उल्लेख छ । उहाँले गाँजाको व्यक्तिगत प्रयोगलाई वैधानिकता दिँदा आपराधीकरण घट्ने र मानिसले औषधिको रुपमा समेत सजिलै प्रयोग गर्न पाउने भएकाले खुसी लागेको बताउनुभएको छ । माल्टा गाँजालाई वैधानिकता दिने पहिलो युरोपेली देश समेत बनेको छ ।
माल्टामा अब १८ वर्ष माथिका नागरिकले ५० ग्रामसम्म सुख्खा गाँजाको भण्डारण गर्न सक्नेछन् भने घरमा चारवटा सम्म गाँजाका बिरुवा हुर्काउन पाइनेछ । सात ग्रामसम्म गाँजा साथमा लिएर हिँड्न अनुमति दिइनेछ । युरोपका अन्य देशमा पनि गाँजालाई वैधानिकता दिने विषयको बहस चर्किएको छ । सन् २०२२ मा युरोपका धेरै देशले गाँजाको वैधानिकताबारे निर्णय गर्ने सम्भावना रहेको छ । इटलीमा आउँदो वर्ष गाँजा प्रयोगको विषयमा जनमत संग्रह नै गर्ने तयारी रहेको पनि गार्जियनले जनाएको छ । संयुक्त राष्ट्रसंघले गएको वर्ष नै गाँजालाई अति खतरनाक लागुपदार्थको सूचीबाट हटाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।