सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार ध्वस्त बनाउने गरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाउनुभएकाे छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल अमात्य स्मृति भवनमा आज बुधवार आयोजित पार्टीका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्ताे बताउनुभएकाे हाे ।
शेयर काराेबारीले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउने गरी प्रचण्डले त्याे अभिव्यक्ति दिएको अध्यक्ष ओलीको आरोप छ । शेयर लगानीकर्ता र सामान्य नागरिककाे लगानी जेसुकै होस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरू लगातार लागिरहँदा पनि कसैले विरोधसमेत नगरेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डले यो शेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । साम्राज्यवादको विकसित रूप चाँहि लेलिनभन्दा पनि अलि बढी नै जान्ने भएछन्– दुई स्टेप । पुँजीवाद विकसित रूप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक दिए । दुई दिनमा शेयर बजार धराशायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, शेयर लगानीकर्ताहरूको अवस्था कस्तो हुन्छ ? तिनीहरूको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलब छैन । अर्थतन्त्रको केही पनि मतलब छैन । कुन शेयर काराेबारीले चन्दा दिएनन् होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने गरी त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए । यदि हामीले त्यस्तो गरेकाे भए सडक तात्थे, माइतीघरले पुग्दैन थियो । सञ्चार माध्यममा आगो बल्थ्यो । तर अहिले शान्त छ, चुपचाप, आराम, आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता बिगार्ने, उता बिगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काइ दिने । यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनुपरेन ।’
अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र नागरिककाे सेवामा समर्पित भएर लाग्न सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।