रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन
मंसिर ७, २०८१ शुक्रबार
सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब २६ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा करिब ३ महिना अघि गरिएको सर्वेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०७३/०७४ को भन्दा अहिले २६ प्रतिशतले हिउँ चितुवाको सङ्ख्यामा वृद्धि भएको पाइएकाे हाे ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार ०७३/०७४ को सर्वेक्षणमा २२२ वटा हिउँ चितुवा रहेको थियो तर करिब तीन महिना अघिको गरिएको सर्वेक्षणमा तीन सय वटाभन्दा बढी रहेकाे देखिएकाे छ । तर, गणनाको अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
साथै निकुञ्जमा झारलको सङ्ख्यामा समेत उल्लेख्य रुपमा वृद्धि भएको अनुमान गरिएको छ । करिब आधा दशक अघि फाट्टफुट्ट रुपमा मात्रै देख्न पाइने झारल अहिले प्रशस्त मात्रामा देखिने गरेको प्रत्यक्षदर्शी दावा शेर्पाले बताउनुभयो ।
निकुञ्ज क्षेत्रमा बासस्थान बढेसँगै वन्यजन्तुहरु बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । विगतमा स्थानीयवासी वन पैदवारमा बढी सक्रिय हुँदा वन्यजन्तुको बासस्थान कम हुँदै गए पनि पछिल्लो केही वर्षयता स्थानीयवासी आफैँ वनजङ्गल संरक्षणमा जुटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।
उहाँका अनुसार केही वर्ष पहिला खुम्बु क्षेत्रमा घर निर्माण गर्दा अत्याधिक मात्रामा रुख विरुवाको फँडानी भएकाे थियो । तर अहिले घर निर्माणमा प्लाइउड तथा फलामका सामग्रीहरु प्रयोग गर्ने क्रम बढेसँगै वन जङ्गल फँडानी हुने क्रम केही घटेकाे निकुञ्जले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।