अस्ट्रेलियामा 'बाउन्सी क्यासल' खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गयो

 पुष १, २०७८ बिहीबार १७:५५:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियामा हावा भरिएको प्लास्टिककाे घरमा खेल्ने क्रममा चार जना विद्यार्थीको ज्यान गएको छ ।

तास्मानिया डोभोनपोर्ट सहरको एक प्राथमिक विद्यालयमा 'बाउन्सी क्यासल' भनिने हावा भरिएको प्लास्टिककाे घर एक्कासी हुरीले उडाएको थियो । हुरीले उडाएको बाउन्सी क्यासलबाट खसेर चार जना विद्यार्थीको ज्यान गएको र पाँच जना घाइते भएका बीबीसीले जनाएको छ ।

बालबालिकाहरू झन्डै १० मिटर माथिबाट खसेको प्रहरीलाई उधृत गर्दै खबरमा उल्लेख छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले याे घटनालाई अकल्पनीय र हृदयविदारक भन्नुभएको छ ।

यो वर्षका लागि विद्यालय सञ्चालन हुने अन्तिम दिन भएकाले बालबालिका निकै खुसीका साथ खेलिरहेको बेला अचानक हुरी आएपछि घटना भएको थियो । घटनापछि तास्मानियाको डेभोनपोर्ट सहर शोकमा परेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया