मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : भीम रावल

 पुष ३, २०७८ शनिबार १३:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी केन्द्रीय सल्लाहकार पदको सदस्य नियुक्त गरिएकोमा आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले आफ्नो अनुमति नलिइकन कुनै पनि पदमा नियुक्त गर्नु आपत्तिजनक भएको बताउनुभएको हो ।

रावलले लेख्नुभएको छ, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक  छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ  ।’

चितवनमा भएको एमालेकाे दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि नेता रावलले आफू कुनै पनि पदमा नबस्ने घोषणा गर्नुभएको थियो । तर एमालेको केन्द्रीय कमिटीको बैठकले रावललाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया