नेपाल भारतसँग पराजित, फाइनलका लागि बङ्गलादेश र श्रीलङ्काको खेलमा भर पर्नुपर्ने

 पुष ४, २०७८ आइतबार १६:५७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल १९ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा नेपाल भारतसँग एक–शून्य गोलले पराजित भएको हो । फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा बराबरी गर्नुपर्ने थियो ।

नेपालको फाइलन प्रवेशको झिनो आशा भने कायमै रहेको छ । नेपालसँगै सात अङ्क रहेको बङ्गलादेश श्रीलङ्कासँगको खेलमा पराजित भए मात्रै नेपाल फाइलनमा पुग्न सक्नेछ । तर श्रीलङ्का र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो या बङ्गलादेश विजयी भयो भने नेपाल फाइनल पुग्न असफल हुनेछ । गोल अन्तरमा नेपाल बङ्गलादेश भन्दा अघि रहेको छ ।

नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो भने श्रीलङ्का र भुटानलाई हराएको थियो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया