सन्दीप भन्छन्– हामीले गर्नुपर्ने काम धेरै छन्, टिमकाे ढाेका सबैका लागि खुला रहनेछ

 पुष ४, २०७८ आइतबार १७:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूहरूसँग गर्नका लागि धेरै काम रहेकाे बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएकाे बुधवार कप्तान नियुक्त गरेपछि आज आइतवार सामाजिक सञ्जालमार्फत सन्दीपले यस्ताे बताएका हुन् । 

उनले लेखेका छन्, ‘सबै सहयाेगी देशले हाम्राे पूर्ण समर्थन गरेका छन् । क्यान र आईसीसीसँग छलफल गरेर हामी पूर्ण सदस्य देशकाे रूपमा पुग्नुपर्छ । हामीले गर्नुपर्ने काम धैरै छ र हामी सबै मिलेर जे पनि हासिल गर्न सक्छाैँ । 

यस्तै सन्दीपले टिमलाई अघि बढाउनका लागि सबैका लागि ढाेका खुला रहेकाे बताएका छन् । ‘एक टिमकाे रूपमा हाम्राे याेजना सरल रहनेछ । नेपालकाे क्रिकेटलाई अघि बढाउन हामी एक परिवार, एक टिम, एक इकाइकाे रूपमा खेल्नेछाैँ । यस टिमकाे ढाेका सबैका लागि खुला रहनेछ’, सन्दीपले लेखेका छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया