कांग्रेस केन्द्रीय सदस्यको मतगणना : नाम चलेका नेताहरू शीर्ष ३५ मा सुरक्षित

 पुष ४, २०७८ आइतबार १८:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिबेसन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । अहिलेसम्म तीन हजार पाँच सय ९५ मत गणना भएको परिणाम सार्वजनिक भएको छ ।

तीन हजार पाँच सय ९५ मत गन्दा डा. शशांक कोइरालाको अग्रता कायमै छ । उहाँले दुई हजार नौ सय ४० मत प्राप्त गर्नुभएको छ । यस्तै एनपी साउदले दुई हजार दुई सय ६१ र तेस्रोमा गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाणले दुई हजार दुई सय सात  मत प्राप्त गर्नुभएको छ ।

यस्तै उदय शम्शेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जीपछिरिङ लामा, अर्जुननरसिंह केसी बढी मत ल्याउने १० जनाभित्र हुनुहुन्छ । गोपालमान श्रेष्ठ, जीतजंग बस्नेत, डा. रामशरण महत, नैनसिंह महर, सुनीलबहादुर थापा, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, दीपक गिरी, कुन्दनराज काफ्ले लगायत प्रायः उच्च तहका नेताहरू बढी मत ल्याउने ३५ जनाको सूचीमा समेटिएका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ । चुनावमा अहिलेसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री र प्रदेश २ को महिलातर्फ केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा जम्मा चार सय ८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले अब एक हप्तामा सबै पदको मतगणना भइसक्ने जनाएको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया