क्यान र खेलाडीबीच भइरहेको विवादमा सिप्यानको ध्यानाकर्षण, खेलाडीको वर्गीकरणलाई तथ्यपरक बनाउन आग्रह

 पुष ५, २०७८ सोमबार ११:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सिप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।

सिप्यानले विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ खेलाडीको मनोबल उच्च बनाइ राख्न ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा खेलाडीले उठाएको माग सम्बोधन गर्नुको साटो क्यानले कारबाही गरेर क्रिकेट विकासमा अवरोध पुर्याएको उल्लेख गरिएको छ ।

‘खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको साटो उनीहरुमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ’– विज्ञप्तिमा भनिएको छ।

वर्गीकरण जस्तो महत्त्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकर अवलम्बन गर्दै त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाउन पनि सिप्यानले आग्रह गरेको छ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया