दीक्षित विद्यार्थीहरूले ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जाेड्नुपर्छ : मन्त्री पाैडेल

 पुष ५, २०७८ सोमबार १५:३७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । आज सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको हो । उहाँले दीक्षित विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै देशको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘त्रिविका विभिन्न समस्या पहिचान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यक्ता मैले महसुस गरेको छु र त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिसँग भेटघाट तथा पदाधिकारीसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु । दीक्षित हुने विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै देशकाे आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनुपर्छ । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । विश्वविद्यालयमा कुनै निश्चित समयमा हासिल गरिएको ज्ञान,सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यावहारिक र जीवनोपयोगी बनाउन आवश्यक छ । पछिल्लो समयमा नेपालमा ठूला राजनीतिक परिवर्तनको फलस्वरूप जनतामा सामाजिक, सांस्कृतिक र राजनीतिक चेतनाको विकास हुँदै गइरहेको छ । अनुसन्धानात्मक संस्थाहरूलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने महसुस गरेको छु । गुणस्तरीय शिक्षाका लागि विषयगत सक्षम शिक्षक र लगनशील एवम् अनुशासित, मेहनति विद्यार्थीहरूको आवश्यक्ता रहेको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरू विदेशमा उच्च शिक्षाका लागि जानेहरूको लर्को लागेको छ, त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने खालको शिक्षा स्वदेशमै दिन सक्नुपर्छ ।’

मन्त्री पौडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले विदेशिन बाध्य भएका विद्यार्थीहरूलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भूमिका त्रिभुवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया