माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी

 पुष ६, २०७८ मंगलबार ६:५१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी हुनुभएको छ ।

वाग्मती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो । सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गर्नुभयो ।

दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो । वाग्मती प्रदेशको उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुङ्गाना र प्रेम बहादुर पुलामी (छिन्तु)विजयी हुनुभएको छ । महर्जनले १७८, ढुङ्गानाले १०१ र पुलामीले १३८ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित हुनुभयो । उहाँले १४९ मत ल्याउनुभयो ।

यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्ष सङ्गीता भट्टराई विजयी हुनुभएको छ । बुर्लाकोटीले ११५, लामिछानेले १०९ र श्रेष्ठले १०८ मत प्राप्त गरेको केन्द्रको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्ष भट्टराईले १५३ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया