तालिबानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

 पुष ८, २०७८ बिहीबार ६:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएकाे हाे । 

काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।

सरकारको यो निर्णयले आफूलाई आर्थिक तथा व्यावसायिक सङ्कट पर्ने काबुलकी एक सौन्दर्य व्यवसायी शायस्ता सैफीले बताउनुभएको छ ।

महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई महिला अधिकारको उपेक्षा नगर्न आह्वान गर्दै आएका छन् ।

उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्दै आएको आरोप लगाएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया